प्रधानाध्यापकको सन्देश
श्री मिलन श्रेष्ठ, प्रधानाध्यापक
प्रधानाध्यापकको सन्देश
श्री नारायणी माध्यमिक विद्यालयको तपफर््बाट सम्बन्धित सम्पूर्ण निकायहरू, शिक्षा प्रेमी महानुभावहरू तथा शुभेच्छुकहरूलाई हार्दिक अभिवादन व्यत्तफ् गर्दछु । यस शैक्षिक संस्थाको परिचय, उद्देश्य र उपलब्धिबारे जानकारी गराउन पाउँदा मलाई अत्यन्त गौरवको अनुभूति भएको छ।
गैँडाकोट वडा नं ७ र ९ का असंख्य विशिष्ट व्यत्तिफ्त्वहरू, समाजसेवीहरू तथा शिक्षा प्रेमीहरूको अथक प्रयासबाट वि.सं. २०३६ सालमा स्थापित श्री नारायणी माध्यमिक विद्यालय आज एक प्रतिष्ठित सामुदायिक सरकारी शैक्षिक संस्थाको रूपमा परिचित भइसकेको छ । यस विद्यालयको स्थापना तथा विकासमा अमूल्य योगदान पुर्याउनु हुने अग्रणी व्यत्तिफ्त्व आदरणीय स्व. पदमलाल सापकोटा प्रति म विशेष सम्मान र कृतज्ञता व्यत्तफ् गर्दछु।
हाम्रो विद्यालयको मूल उद्देश्य सबै वर्ग, जाति र समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु, उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्नु, अनुशासित र स्वस्थ शैक्षिक वातावरण निर्माण गर्नु र व्यहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूको ज्ञानप्रतिको तृष्णा मेटाउनु हो।
अभिभावकहरूको आवश्यकता र चाहनाअनुसार विद्यालयमा पठनपाठन सञ्चालन भइरहेको छ। विशेषतः आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई अध्ययन गर्ने अवसर प्रदान गर्दै सामाजिक न्याय र समानताको अभ्यास गरिँदै आएको छ । शैक्षिक उपलब्धिको दृष्टिले हेर्दा विद्यालयले राम्रो प्रगति त्रफ्मिक रुपमा गर्दै गइरहेको छ ।
श्री मिलन श्रेष्ठ
प्रधानाध्यापक
श्री नारायणी माध्यमिक विद्यालय
गैंडाकोट, नवलपरासी (ब.सु.पू.)
