‘नारायणी सन्देश’ मासिक भित्तेपत्रिकाको भदौ अङ्क प्रकाशित

भदौ। विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गर्ने तथा लेखन सीपको विकास गर्ने उद्देश्यले प्रकाशित हुँदै आएको ‘नारायणी सन्देश’ मासिक भित्तेपत्रिकाको भदौ अङ्क प्रकाशित भएको छ।

विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्न, आफ्ना विचार तथा भावनालाई लेखनमार्फत अभिव्यक्त गर्न र साहित्यिक रुचिको विकास गर्न भित्तेपत्रिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसले विद्यार्थीहरूलाई लेख, रचना तथा अन्य सिर्जनात्मक सामग्री तयार गरी आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।

भित्तेपत्रिकाको यस अङ्क प्रकाशनमा लेख तथा रचना तयार गरी योगदान पुर्‍याउने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, प्रधानसम्पादक केशरी पुरी म्याम, सम्पादक दिपेश महतो सर, प्रधानाध्यापक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट लेख, रचना तथा साहित्यिक सामग्रीहरू प्रस्तुत गर्न सबै विद्यार्थी भाइबहिनीहरूलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

‘नारायणी सन्देश’ — विद्यार्थी प्रतिभा, सिर्जनशीलता र अभिव्यक्तिको साझा मञ्च।

Scroll to Top