विभिन्न प्रतियोगिताका साथ राष्ट्रिय शिक्षा दिवस–२०८३ भव्य रूपमा मनाइयो

असोज २। राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा आज विद्यालयमा विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गरी विविध प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्दै शिक्षा दिवस भव्य रूपमा मनाइएको छ।

कार्यक्रमअन्तर्गत बालविकासतर्फ तातोआलु प्रतियोगिता, कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता, कक्षा ४ र ५ का विद्यार्थीहरूका लागि श्रुतिलेखन प्रतियोगिता तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने, सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने, भाषिक सीप विकास गर्ने तथा ज्ञान र बौद्धिक क्षमतामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गरिएको हो। विभिन्न तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप रोचक र उपलब्धिमूलक बनाएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण शिक्षक मित्रहरू तथा उत्साहपूर्वक सहभागी हुने विद्यार्थी भाइबहिनीहरूप्रति विद्यालयले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउनुका साथै सिकाइलाई व्यावहारिक, रोचक र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

Scroll to Top