२०८३ असार २७ गते,

श्री नारायणी माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना (School Improvement Plan – SIP) अद्यावधिक तथा निर्माण सम्बन्धी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम गैंडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव आदरणीय श्री खेमप्रसाद आचार्यज्यू को प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष आदरणीय श्री होमनाथ सापकोटाज्यू को अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यशालामा जनप्रतिनिधिज्यूहरू, विभिन्न सामाजिक संघसंस्था तथा टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक अभिभावक संघका अध्यक्ष एवं सदस्यहरू, अभिभावकहरू, नारायणी बाल क्लब, जुनियर रेडक्रस, इको क्लब का विद्यार्थी भाइबहिनीहरू, शिक्षकवृन्द तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विद्यालयको वर्तमान अवस्था, आवश्यकता, चुनौती तथा भविष्यका प्राथमिकतामाथि रचनात्मक छलफल गर्दै विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, विद्यार्थी सिकाइ उपलब्धि, सुशासन तथा समावेशी विकासलाई केन्द्रमा राखी विद्यालय सुधार योजनालाई प्रभावकारी, यथार्थपरक र दीर्घकालीन बनाउने विषयमा महत्त्वपूर्ण सुझाव तथा धारणा प्रस्तुत गर्नुभएको थियो।

विद्यालयको समग्र विकासका लागि आफ्नो अमूल्य समय, अनुभव, सुझाव तथा सक्रिय सहभागिता जनाई कार्यशालालाई सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, सरोकारवालाहरू तथा सहभागी महानुभावप्रति श्री नारायणी माध्यमिक विद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। विद्यालयको दिगो विकास र गुणस्तरीय शिक्षाको यात्रामा यहाँहरूको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछौँ।

Scroll to Top