नारायणी सन्देश’ मासिक भित्तेपत्रिकाको असार अंक प्रकाशन
२०८३ असार २५ गते, श्री नारायणी माध्यमिक विद्यालयद्वारा प्रकाशित ‘नारायणी सन्देश’ मासिक भित्तेपत्रिका को असार अंक सफलतापूर्वक प्रकाशन भएको छ।
विद्यार्थीहरूमा सिर्जनात्मक लेखन, साहित्यिक प्रतिभा, कला, अभिव्यक्ति क्षमता तथा समसामयिक विषयप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा प्रकाशित हुँदै आएको यस भित्तेपत्रिकाले विद्यालयमा सिर्जनशील शैक्षिक वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस अंकका लागि लेख, कविता, कथा, चित्र तथा अन्य सिर्जनात्मक सामग्री तयार गरी योगदान पुर्याउनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

साथै, भित्तेपत्रिकाको सम्पादन तथा प्रकाशन कार्यलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्नुहुने प्रधानसम्पादक श्रीमती केशरी पुरी, सहयोगी सम्पादक श्री दिपेश महतो, तथा विद्यार्थी सम्पादक प्रतिमा दराई र सुशान्त कुमाल प्रति विद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
आगामी अंकहरूमा पनि विद्यार्थीहरूको अझ सक्रिय, सिर्जनशील र गुणस्तरीय सहभागिताको अपेक्षा गर्दै सबैमा शुभकामना व्यक्त गर्दछौँ।
