स्काउट आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकी शिक्षिका सुनिता पनेरूलाई हार्दिक बधाई

असार २५, २०८३

एकीकृत सेवा कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा नेपाल स्काउट, गण्डकी प्रदेश कार्यालयको समन्वय एवं व्यवस्थापनमा मिति असार १९ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको स्काउट आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा श्री नारायणी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका श्रीमती सुनिता पनेरू लाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालयमा प्रभावकारी रूपमा प्रयोग गर्दै विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सेवा भावना, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्वको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुहुने विश्वास विद्यालय परिवारले लिएको छ।

साथै, विद्यालयमा प्रारम्भ गर्न लागिएको नेपाल स्काउट कार्यक्रम को महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएकोमा पुनः हार्दिक बधाई व्यक्त गर्दै उक्त कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउन शुभकामना व्यक्त गर्दछौँ।

उहाँको सक्रिय नेतृत्वमा विद्यालयको स्काउट कार्यक्रम अझ प्रभावकारी, सिर्जनात्मक र उपलब्धिमूलक बन्ने अपेक्षा गर्दै उज्ज्वल कार्यसफलताको कामना गर्दछौँ।

Scroll to Top