श्री नारायणी माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक वितरण
२०८३ असार १८ गते, गैंडाकोट नगरपालिका वडा नं. ७ कार्यालयको आयोजना तथा आर्थिक सहयोगमा श्री नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोषाक वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउँदै उनीहरूको नियमित अध्ययनलाई थप सहज, उत्साहजनक तथा गुणस्तरीय बनाउन सहयोग पुगेको विश्वास लिइएको छ।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नं. ७ का सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, सल्लाहकारज्यूहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, शिक्षक अभिभावक संघका अध्यक्ष तथा सदस्यज्यूहरू, शिक्षकवृन्द, अभिभावक तथा अन्य सम्माननीय अतिथिहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको थियो।
यस महत्वपूर्ण कार्यक्रमको सफल आयोजना तथा सहयोगका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावप्रति श्री नारायणी माध्यमिक विद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
