विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा होमनाथ सापकोटा चयन
परिवर्तित व्यवस्था अनुसार श्री नारायणी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा होमनाथ सापकोटा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा पुनम विक, विरबहादुर गुरुङ, सञ्चरी कुमाल, नन्दकली दर्लामी, शिक्षक प्रतिनिधिमा पुष्पा पौडेल खनाल र सदस्य सचिवमा प्रधानाध्यापक मिलन श्रेष्ठ चयन हुनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी बसूपू र शिक्षा, युवा तथा खेलकुद शाखा गैंडाकोट नगरपालिकाको पत्रानुसार जेठ २१ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अध्यक्षमा होमनाथ सापकोटा ज्यूलाई अध्यक्षमा चयन गरेको हो । उहाँ वडा नं ७ को वडा अध्यक्ष समेत हुनुहुन्छ ।

