विद्यालयमा स्काउट कार्यक्रमको प्रारम्भिक प्रशिक्षण सम्पन्न
गैंडाकोट, साउन २९। श्री नारायणी माध्यमिक विद्यालयमा स्काउट कार्यक्रमको सुरुवातसँगै प्रारम्भिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गैंडाकोट स्थानीय स्काउटका प्रमुख आयुक्त श्री दयाराम पौडेल, विद्यालयकी स्काउट शिक्षिका सुनीता पनेरू तथा श्री नेपाल राष्ट्रिय शंसेर आदर्श माध्यमिक विद्यालयकी स्काउट शिक्षिका अञ्जना ढकालले विद्यार्थीहरूलाई स्काउटसम्बन्धी प्रारम्भिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई स्काउटको उद्देश्य, अनुशासन, नेतृत्व विकास, सेवाभाव, सामूहिक कार्य तथा सामाजिक उत्तरदायित्वजस्ता विषयमा जानकारी दिइएको थियो।
विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले विद्यालयमा स्काउट गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
स्काउट कार्यक्रमले विद्यार्थीहरूलाई असल, अनुशासित, जिम्मेवार तथा समाजप्रति उत्तरदायी नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
